• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपालले जित्यो विश्वकप छनोटको ट्रफी

    474
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको ट्रफी आफ्नो नाममा गरेको छ। शुक्रबार अल इमिरेट्स मैदानमा भएको अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै विजेताको रूपमा ट्रफी उचालेको हो।

    नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको विशाल योगफल बनाएको थियो। जवाफी ब्याटिङमा सामोआ २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमै सीमित भयो। नेपालका लागि ललित नारायण राजवंशीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए भने करण केसी, कप्तान रोहित कुमार पौडेल र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।

    यसअघि नेपालका ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रनको अर्धशतकीय पारी खेले। दीपेन्द्र सिंह ऐरीले पनि ३३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन बनाए। लोकेश बमले ३९ रनको उपयोगी योगदान दिए भने कप्तान रोहित पौडेलले २१ रन जोडे।

    सामोआका बलरहरू डेनियल बुर्ग्स, सामुनी ताइ, दारिस भिसुर्स र नोह मेडले एक–एक विकेट लिए। ब्याटिङतर्फ सेन सोलियाले सर्वाधिक ३८ रन बनाए भने कप्तान काबेल जस्मतले ९ र बेन्जामिन मिल्टाले ११ रन जोडे। यो जितसँगै नेपालले न केवल ट्रफी जित्न सफल भयो, तर आगामी विश्वकपका लागि आत्मबल र विश्व क्रिकेटमा आफ्नो क्षमता पुनः प्रमाणित गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ