• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल

    218
    SHARES

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणअन्तर्गत नेपालले आज ओमानसँग भिड्दैछ। आज राति ८ः४५ बजे हुने यो खेल नेपालका लागि निर्णायक हुनेछ, किनभने जित हात पारे नेपाल आगामी टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछ।

    सुपर सिक्समा नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओ प्रतिस्पर्धी छन्। यीमध्ये शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्ने मौका पाउनेछन्।

    नेपालले सुपर सिक्सका अघिल्ला दुई खेलमा यूएई र कतारलाई रोमाञ्चक ढंगले हराइसकेको छ। दुवै खेल अन्तिम ओभरसम्म पुगेका थिए, जसले नेपाली क्रिकेटमा नयाँ उत्साह थपेको छ।

    यूएईविरुद्धको खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदा प्रतिस्पर्धा अन्तिम ओभरमा पुगेको थियो। यूएईलाई अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ गर्दै लगातार तीन विकेट लिएर नेपाललाई जित दिलाएका थिए।

    त्यस्तै, कतारविरुद्ध पनि नेपालले अन्तिम ओभरमै जित निकाल्यो। सन्दीप लामिछानेले दबाबपूर्ण अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै खेल नेपालको पक्षमा मोडे। कतारलाई अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा सन्दीपले दुई बल डट र एक विकेट लिए।

    अन्तिम बलमा विकेटकिपर आसिफ शेखले स्टम्पिङ गर्दा नेपाल ७ रनले विजयी बन्यो। सुपर सिक्सको अन्तिम खेलमा नेपालले शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्नेछ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ