• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    एमाले सुदूरपश्चिम : मन्त्री–सांसदको सचिवालयमा परिवार नराख्ने प्रस्ताव

    398
    SHARES

    धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा मन्त्री र सांसदले आफ्ना सचिवालयमा परिवारका सदस्य वा नातेदार नराख्ने प्रस्ताव गरिएको छ।

    मंगलबार बसेको बैठकमा दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले यस्तो प्रस्ताव अघि सारेका हुन्। उनले सचिवालयमा परिवार वा नातेदार नियुक्त गरेका सांसद तथा मन्त्रीहरूले पनि तत्काल नियुक्ति खारेज गर्नुपर्ने धारणा राखेका थिए। हाल प्रदेशका केही मन्त्रीहरूले स्वकीय सचिवदेखि चालक र भान्सेसम्म परिवारका सदस्य नियुक्त गरेको भन्दै आलोचना भइरहेको छ।

    बैठकमा सहभागी सांसदका अनुसार रावलको प्रस्तावप्रति सबै सदस्य सकारात्मक देखिएका छन्। “परिवारको साटो पार्टीभित्रको दक्ष व्यक्तिलाई जिम्मेवारी दिनु उचित हुन्छ,” एक सांसदले बताएका छन्।

    त्यसैगरी बैठकले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय गरेको छ। साथै, सांसदहरूलाई जिल्लामा केन्द्रित भई क्षतिको अध्ययन गरेर प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ