• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    कांग्रेसले लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता

    112
    SHARES

    जनकपुर । मधेस सरकारबाट कांग्रेस बाहिरिएको छ । प्रदेश राजधानी जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    मुख्यमन्त्री शतिस सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताए । उनका अनुसार दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न सुझाव दिए बमोजिम बैठकले निर्णय गरेको हो ।

    ‘अब औपचारिकरुपमा आजै प्रदेश प्रमुखलाई पत्र पठाएर हामी सरकारबाट बाहिरिनेछौँ,’ उनले भने । कांग्रेसका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने तयारी भइरहेको उनले बताए ।

    मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा सहभागी भएको १६ महिनापछि सरकारबाट कांग्रेस बाहिरिएको हो । यसअघि जनमत पार्टीले पनि आफ्नै नेतृत्वको सरकार ढाल्दै समर्थन फिर्ता लिइसकेको छ ।

    चार दलीय गठबन्धनको सरकारबाट दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ