• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रधानमन्त्री कार्की र तीन नेताबीच बालुवाटारमा बन्द कोठाभित्र छलफल

    198
    SHARES

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन प्रमुख दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल सुरु गरेकी छिन्।

    प्रधानमन्त्री निवासमा शनिबार साँझदेखि भएको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

    बैठकमा पछिल्ला राजनीतिक घटना, सत्ता–समिकरण र आगामी कदमबारे सामान्य समीक्षा भइरहेको स्रोतले बताएको छ। औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन।

    ओली जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार

    जेनजी आन्दोलनका क्रममा पदबाट अपदस्थ भएपछि ओली लामो समयदेखि बालुवाटार गएका थिएनन्।

    भदौ २३–२४ मा आन्दोलन चर्किँदा उनी त्यतिबेला प्रधानमन्त्री रहेका बेला राजीनामा दिएर निवासबाट बाहिरिएका थिए। त्यसदिन उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत बाहिरिएका थिए। त्यसयता पहिलोपटक उनी आज बालुवाटार प्रवेश गरेका हुन्।

    यसअघि पनि राजनीतिक दलहरूबीच तातेका विषय समाधानका लागि बालुवाटारलाई समन्वयको केन्द्र बनाइँदै आएको छ।

    आजको छलफलबाट के निष्कर्ष निस्कन्छ भन्नेप्रति सबैको ध्यान गएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ