
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बिच एकता हुँदा हुने पावर ब्यालेन्सबारे दुवै पक्ष छलफलमा जुटेका छन् ।
रास्वपाले प्रधानमन्त्री प्रस्ताव गरेको र त्यसपछि पार्टी नै एक हुने हो भने पावर ब्यालेन्सको कुरा म्यानेज गरिने एक नेताले बताए । ‘आज बेलुकासम्म निचोड आउँछ । अहिले दुवै पक्षको दोस्रो तहका साथीहरू काम गरिरहनुभएको छ । आजको नगरसभा सक्ने बित्तिकै मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने पनि छलफलमा बस्छन्’ रास्वपाका एक नेताले भने ।
बालेन निकट स्रोतका अनुसार धेरै विषयमा लगभग सहमति भइसकेको छ । ‘प्रधानमन्त्री बालेन बन्दै गर्दा रास्वपाको कुन पावरमा बालेन बस्ने हो । त्यसले भोलि ठुलो पार्टी हुँदा पावर एक्ससाइजमा समस्या हुनसक्छ । त्यही भएर अहिले नै त्यो कुरा क्लियर गरेर जाने हो,’ उनले भने ।
बाहिर चर्चामा बालेन र रविको आलोपालो भन्ने विषयमा रास्वपाको प्रस्ताव रहे पनि त्यसलाई बालेनको टिमले अस्वीकार गरेको छ । रास्वपाका तर्फबाट उपसभापति डा.स्वर्णिम वाग्ले र शिशिर खनाल छलफलमा छन् भने बालेनका तर्फबाट सचिवालय प्रमुख भूपदेव शाह र सल्लाहकार कुमार बेन सहभागी छन् ।



प्रतिक्रिया