• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रबिपछि बालेनलाई भेटेर निस्किए शिशिर खनाल

    228
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेर रास्वपा नेता शिशिर खनाल बाहिरिएका छन् ।

    मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका थिए ।

    उनी भर्खरै निस्किएका हुन् । आजै बालेनले रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए । रवि बाहिरिएपछि खनाल पुगेका थिए । उनी पनि निस्किएका हुन् ।

    मेयर शाहले जेनजी अगुवा रक्षा बम लगायतका अन्य जेनजी अगुवा, कलाकार, निवर्तमान सांसदहरूसँग पनि छलफल गरेका छन् ।

    यस्तै रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने भएको छ । रास्वपाका नेता राजीव खत्रीका अनुसार उनीहरूबिच आजै साँझसम्म फेरि भेटवार्ता हुने छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबिच वार्ता भएको हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ