• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    जेनजी अगुवा मुस्कान खातुनलाई नेकपाले केन्द्रीय सदस्य बनाउने

    208
    SHARES

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले महिला हिंसा विरुद्धको अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ ।

    बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेका हुन् ।

    खातुन नेपाली मानव अधिकारकर्मी समेत हुन् । उनी १५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बन्न पुगेकी थिइन् । २१ वर्षीया खातुनले सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन् ।

    कार्यक्रममा बोल्दै उनले तेजाब आक्रमण मात्र हिंसा नभई सबै खाले हिंसाविरुद्ध लाग्न आग्रह गरिन् । ‘आजभन्दा पाँच वर्ष अगाडि ममाथि तेजाब आक्रमण भएको थियो । त्यसका विरुद्ध म लगातार अभियानमा लागेँ । सफल पनि भए । मलाई के लाग्छ भने तेजाब आक्रमण मात्र हिंसा होइन । यस्ता धेरै हिंसा छन्, जसमा दिदी बहिनीले खेप्नुपरेको छ । सबै खालका हिंसा गर्न अन्त्य गर्न जरुरी छ’, उनले भनिन् ।

    उनले देशमा भएका भ्रष्टाचार, हिंसा अन्त्य होस् र त्यही चाहना अनुसार अनुसार नेपाली कम्युनिस्ट पार्टीले काम गर्ने उनले विश्वास राखिन् ।बिहिबार नेपाली कम्युनिस्ट पार्टीमा विभिन्न चार वटा दलका समूहहरू समाहित भएका छन् ।

    अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, वीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम समाहित भएको हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ