• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै बढ्यो चिसो

    250
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

    यसअघि गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो । एक सातामै काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसले घटेको हो ।

    काठमाडौंको अधिकतम तापक्रम १ डिग्री सेल्सियसले घटेको छ । गत बिहीबार अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस रहेको काठमाडौंको बिहीबार बिहानको तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

    यस्तै जुम्लाको न्यूनतम तापक्रम बिहीबार बिहान माइनस ४ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार जुम्लाको तापक्रम माइनस २ डिग्री थियो ।

    गत बिहीबार अधिकतम तापक्रम २७ दशमलव ८ डिग्री तथा न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री मापन भएको नेपालगन्जको बिहीबार बिहानको अधिकतम तापक्रम २७ तथा न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

    जनकपुरको बिहीबार बिहानको न्यूनतम तापक्रम १४ दशमलव २ डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । गत बिहीबार जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री तथा न्यूनतम तापक्रम १६ डिग्री मापन गरिएको थियो ।

    यस्तै विराटनगरको बिहीबार बिहानको न्यूनतम तापक्रम १३ दशमलव २ डिग्री तथा अधिकतम तापक्रम २८ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव ६ डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ