
काठमाडौं । नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। बुधवार बिहान आइजिपीको सचिवालयमा उनले आफ्नो राजीनामा बुझाएको सचिवालय स्रोतले जनाएको छ।
रानाभाट २०५८ सालमा प्रहरी इन्स्पेक्टरको रुपमा भर्ती भएका थिए। गत साउनमा ११ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा उनी पनि बढुवा भएका थिए। हाल उनी सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए।
उनले परिवारका सबै सदस्य लण्डनमा बसोबास गर्ने र परिवारसँगै बस्ने इच्छा व्यक्त गर्दै राजीनामा दिएको र निकट स्रोतलाई बताएका छन्। साथै, उनले बुढानीलकण्ठ स्कुलमा अध्ययनरत आफ्ना छोराछोरीलाई लण्डनमा पढाउन थालेका थिए।



प्रतिक्रिया