• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    मुम्बईमा १७ बालबालिका बन्धक बनाउने युट्युबरको प्रहरी इन्काउन्टरमा मृत्यु

    531
    SHARES

    मुम्बई। पवईस्थित एक स्टुडियोमा १७ बालबालिका, एक ज्येष्ठ नागरिक र एक अन्य व्यक्तिलाई बन्धक बनाउने युट्युबर रोहित आर्या प्रहरीको इन्काउन्टरमा मारिएका छन्। घटना बिहीबार स्थानीय समयअनुसार पौने २ बजे भएको थियो।

    प्रहरीले विशेष कमान्डोको टोलीसँग एक घण्टा लामो अपरेसनपछि सबै बन्धकलाई सुरक्षित उद्धार गरेको थियो। आरोपीलाई गोली लागेर घाइते भएका बेला अस्पतालमा उपचार भइरहेको थियो, तर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार घटनास्थलबाट एयर गन र केही रसायनहरू पनि बरामद भएका छन्। तर, रोहितले बन्धक बनाउनुको उद्देश्य अहिलेसम्म खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानका आधारमा उनी मानसिक रूपमा अस्थिर देखिएका थिए।

    रोहितले अडिसनका लागि १०० भन्दा बढी बालबालिकालाई स्टुडियोमा बोलाएका थिए। उक्त स्टुडियोको पहिलो तल्लामा अभिनय कक्षाहरू सञ्चालन हुँदै आएका थिए, जहाँ बालबालिकाहरूलाई बन्धक बनाइएको थियो।

    घटनाको बेला केही बालबालिकाहरू स्टुडियोका झ्यालबाट बाहिर हेर्दै थिए। घटना बारे खबर पाएलगत्तै बालबालिकाका अभिभावकहरू पनि घटनास्थल पुगेका थिए।

    साथै, आरोपीको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा उनी ‘मलाई केही प्रश्न सोध्नु छ’ भनी कुरा गरिरहेका देखिन्छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ