• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कास्कीमा ४ रेक्टर स्केलको भूकम्प, पछिल्लो समय देशभर कम्पन

    279
    SHARES

    काठमाडौँ । कास्की जिल्लाको अन्नपूर्ण–२ आसपास केन्द्रविन्दु बनाएर आज साँझ भूकम्प आएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार साँझ ५ बजेर १९ मिनेट जाँदा ४ रेक्टर स्केलको कम्पन अनुभव गरिएको हो। भूकम्प सामान्य भए पनि स्थानीय क्षेत्रमा हल्का झट्का महसुस भएको जनाइएको छ।

    यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। हालैका महिनाहरूमा देशका विभिन्न भागमा निरन्तर साना–ठूला कम्पनहरू महसुस भइरहनुले भूकम्पीय गतिविधि बढ्दो रहेको संकेत देखिएको छ।

    नेपाल भूकम्पीय रूपमा संवेदनशील क्षेत्रमा पर्ने देश हो। सन् १९३४ सालको महाभूकम्पदेखि २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले यो देशमा भूकम्प जोखिम कति गम्भीर छ भन्ने पटक–पटक सम्झाइरहेको छ। वैज्ञानिकहरूका अनुसार भारत र तिब्बत प्लेटको धक्का निरन्तर भइरहेकाले हिमालय क्षेत्रमा भूकम्प आउनु स्वाभाविक मानिन्छ।

    विगत केही वर्षदेखि ४ रेक्टर स्केल वरिपरिका कम्पन बारम्बार देखिन थालेपछि जोखिम व्यवस्थापन, भूकम्प प्रतिरोधी संरचना, जनचेतना र तयारीमा अझ ध्यान दिन आवश्यक रहेको विज्ञहरूको सुझाव छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ