• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    54
    SHARES
    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

    काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएकाे छ । आइतबार डा‌. नहकुल सुवेदी र श्रीकान्त पाैडेलकाे संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे ।

    अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको छ ।

    राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं मंसिर २ गते मध्यरात भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

    प्रसाईँले आज (मंसिर ७) आन्दाेलन गर्ने बताएका थिए । तर, सरकार र प्रसाईँपक्षबिच शनिबार आन्दाेलन फिर्ताकाे सहमति भएकाे थियाे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ