• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बिनासूचना सुदन गुरुङ पूर्वमन्त्री श्रेष्ठको निजी निवासमा, लाग्यो धम्काएको आरोप

    230
    SHARES

    बारा । पूर्वसूचनाबिनै जेनजीका अगुवा सुदन गुरुङको नेतृत्वको टोली पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठको औराहास्थित निजी निवासमा प्रवेश गरेको छ ।

    पूर्वमन्त्री श्रेष्ठले घरमा कोही नभएको मौका छोपी गुरुङको टोलीले कर्मचारी र सहयोगीलाई धम्की दिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् ।

    पार्टीको कामको सिलसिलामा काठमाडौँ गएको मौका छोपी कथित जेनजी नेता भनिएका सुदन गुरुङ आफ्नो निजी निवासमा प्रवेश गरी काम गर्ने कर्मचारी र सहयोगीलाई धम्क्याएको पूर्वमन्त्री श्रेष्ठले बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काम गर्ने कर्मचारीलाई किसान श्रेष्ठको घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुन सक्छ भनेर धम्की दिएको घटनाप्रति घोर भर्त्सना गर्दछु।’ उनले जेनजीको नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति गराउन स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री श्रेष्ठको घर र ४ वटा सवारी साधनमा तोडफोड र आगजनी भएको थियो ।

    जेनजी आन्दोलनका क्रममा आगलागी भएको घरको पुनर्निर्माणमा खटिएका इन्जिनियर चिरन्जीवी झाले गुरुङको नेतृत्वमा आएको टोलीले आफूलाई धम्की दिएको दाबी गरेका छन् । इन्जिनियर झाले गुरुङले उद्धृत गर्दै भने, ‘तपाईं किसान श्रेष्ठलाई सम्झाइदिनुस् सिमराका जेनजीहरूलाई कसैले हातपात गर्‍यो भने घरमा मात्रै होइन, मान्छेलाई आगो लगाउन सक्छ।’

    साथै, उनले ‘किसान श्रेष्ठको प्लटिङमा के के गर्नुपर्छ हामीलाई थाहा छ’ भन्दै धम्की शैलीमा भनेर फर्किएको र गुरुङले धम्क्याउँदा सबैलाई क्यामेरा बन्द गर्न भनेको पनि बताएका छन् ।

    श्रेष्ठको निवासमा लामो समयदेखि सहयोगीका रूपमा काम गर्दै आएकी मीरा श्रेष्ठले आकस्मिक रूपमा आएको अपरिचित समूहले धम्काएर गएको बताइन् ।

    कानुनी वा व्यावहारिक रूपमा व्यक्तिको निजी घररसम्पत्तिको अनुगमन गर्नुपूर्व सम्बन्धित घरधनी वा स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने वा अनुमति लिनुपर्ने व्यवस्था छ । तर, गुरुङले बिनासूचना स्थानीय प्रशासनलाई समेत जानकारी नदिई पूर्व मन्त्रीको घर र उनको व्यावसायिक क्षेत्रको अनुगमन गरेको आरोप लागेको हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ