• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    मधेस प्रदेश सभामा आज सभामुख निर्वाचन, यादव र त्रिलोकीको भिडन्त

    219
    SHARES

    काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ। सभामुख चयनका लागि दुई जना प्रदेश सांसदले उम्मेदवारी दर्ता गराएका छन्।

    सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादबीच प्रतिस्पर्धा हुने भएको हो।

    रामअशिष यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक रहेका छन् भने नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक छन्। गठबन्धन दलहरूको साझा उम्मेदवारका रूपमा यादव अघि बढेका हुन्।

    यस्तै, नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावकमा प्रदेशसभा सदस्य शारदा देवी थापा रहेकी छन् भने समर्थकमा जयचन्द्रप्रसाद पटेल छन्।

    प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ। सोही बैठकबाट मतदान प्रक्रियामार्फत नयाँ सभामुख चयन हुने तयारी छ।

    सभामुख चयनलाई मधेस प्रदेशको संसदीय अभ्यासका दृष्टिले महत्वपूर्ण मानिएको छ। बहुमतको आधारमा आजै सभामुख निर्वाचित हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ