• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    तेस्रो पटक एमाले अध्यक्ष बनेपछि ओलीले के भने ?

    209
    SHARES

    काठमाडौं । नेकपा एमाले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफू बिनाको एमाले बनाउने चाहना ध्वस्त भएको बताएका छन् ।

    पार्टीका प्रतिनिधिले एघारौं महाधिवेशनबाट पुन: अध्यक्षमा आफूलाई तेस्रो कार्यकालका लागि निर्वाचित गरेसँगै ओली बिनाको एमाले बनाउने चाहना ध्वस्त भएको बताएका हुन् ।

    आफूलाई पार्टीको नेतृत्वबाट हटाउन भइरहेको षड्यन्त्रविरुद्ध अध्यक्षमा विजयी गराएर पार्टी प्रतिनिधिले जवाफ दिएको उनको तर्क छ ।जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका ओलीले पार्टी महाधिवेशनले अध्यक्षमा चुनेसँगै आफ्नो उपदेयता नसकिएको प्रष्ट भएको दाबी गरेका छन् ।

    उनले भने, ‘मेरो बारेमा अनेक प्रकारका शक्तिहरू, विभिन्न प्रकारका भ्रम फिजाउने, मनोवैज्ञानिक आतंक, त्रास, अनेक प्रकारका जालझेल, षड्यन्त्र, तिकडम यी सबै कामहहरू गरिरहेका छन्, फेरि पनि तपाईंहरूले मलाई ति सबै भ्रमहरूलाई, ति सबै षड्यन्त्रहरू, तिनका सबै कूचाहनाहरूलाई जवाफ दिनुभएको छ, केपी ओली बिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो त्यसलाई ध्वस्त पार्नुभएको छ, म तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु ।’

    रातभर जागराम बसेर पनि मतदानमा सहभागी भएको भन्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिए । पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा २२६३ कूल मतदातामध्ये २२२७ प्रतिनिधि मतदानमा सहभागी भएको प्रति अध्यक्ष ओलीले खुशी व्यक्त गरे ।

    उनले महाधिवेशन नियमित प्रक्रिया भएपनि सजिलो काम नभएको बताए । साथै उनले देशभरका प्रतिनिधिले सबै नेताको उचित मुल्याकंन गर्नै नसक्ने ठोकुवा समेत गरे ।

    ‘यो सजिलो काम होइन, यस्तोमा जति राम्ररी गर्न खोजेपनि देशभरीका प्रतिनिधिले सबै नेताको कामको मुल्याकंन उचित ढंगले गर्न सम्भव हुँदैन, केहीकेही अफवाहहरू चलेका हुन्छन्, केहीकेही भ्रमहरू फिजिएका हुन्छन् त्यसले पनि असर गरेको हुन्छ, तर तपाईंहरुले सकेसम्म विवेकको प्रयोग गर्ने कोसिस गर्नुभएको छ म धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।

    ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदि त्यस्तो भए देश ठप्प पार्न निर्देशन दिएका छन् । ‘पञ्चायलकालको जस्तो जाली मुद्दा लगाउने कोसिस हुँदैछ’ ओलीले भने, ‘एमाले नेतृत्वमाथि छोएमा देश ठप्प हुनुपर्छ । एमालेले सरकार ढाल्ने छ । एमालेलाई छोएमा त्यो महँगो पर्नेछ ।’

    उनले जाली मुद्दा लगाएमा देशभर जाम गर्न निर्देशन दिएका छन् । ‘हामी कुराले होइन, कामले तयार हुनुपर्छ, गरेर देखाउनुपर्छ’ ओलीले भनेका छन् । ओलीले अहिलेको अराजकता रोक्नका लागि तयारी अवस्थामा रहने बताए ।

    टोलटोलमा सुरक्षा समिति एक हप्ताभित्र गठन गर्न निर्देशन दिए । ‘राज्य संयन्त्रको मार्फत भर पर्ने होइन । हामी आफ्नै खुट्टामा उभिएर गर्नुपर्छ’ उनले भने, ‘एक हप्ताभित्र टोल सुरक्षा समिति बनाउनुहोस् ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ