• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सहकारी ठगी प्रकरण : रवि र छविको मुद्दामा बहस सकियो

    204
    SHARES

    बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सकिएको छ ।

    उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुँवरका अनुसार बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासमा बिहीबार दुवै पक्षका कानुन व्यावसायीहरुले बहस सुन्ने काम सकिएको बताए ।

    यसअघि मङ्सिर २५ गते तोकिएको पेशी ‘हेर्न नमिल्ने’ मा परेर स्थगित भएको थियो । त्यसअघि मङ्सिर ११ गते तोकिएको पेशी लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।

    बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

    जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ