• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हतियारसहित भारतीय सुरक्षाकर्मी बर्दीमै जबर्जस्ती नेपाल प्रवेश गरेको खुलासा

    183
    SHARES

    काठमाडौँ । पर्सा जिल्लामा बर्दीधारी भारतीय सुरक्षाकर्मी गाडीसहित नेपालतर्फ प्रवेश गरेको घटना सार्वजनिक भएको छ। भारतीय सुरक्षाकर्मीहरू भारतीय सीमावर्ती क्षेत्र धोबिनी गाउँपालिका–५ भित्र प्रवेश गरेको जानकारी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले दिएका छन्।

    अध्यक्ष चौहानका अनुसार भारतीय सुरक्षाकर्मीहरू शुक्रबार हतियारसहित गाडी लिएर नेपाली भूमिमा प्रवेश गरेका थिए। स्थानीयले अनुमति बिना किन नेपाल प्रवेश गरिएको हो भन्ने प्रश्न उठाउँदा पनि उनीहरूले जबर्जस्ती रूपमा नेपाली भूभागमा गस्ती गरेका छन्। उनका अनुसार ती सुरक्षाकर्मीहरू अनुमति नलिई स्थानीय प्रहरी चौकीसम्म पुगेर फर्किएका थिए।

    घटनाको क्रममा स्थानीय बासिन्दाले भारतीय सुरक्षाकर्मीहरूलाई रोक्ने प्रयास गरेको भिडिओसमेत सार्वजनिक भएको छ। उक्त भिडिओमा स्थानीयले ‘यहाँ यसरी प्रवेश गर्न कुन निकायको अनुमति लिइएको हो?’ भनी प्रश्न गरेको आवाज सुनिन्छ।

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको जानकारी आफूले पाएको बताएका छन्। उनका अनुसार घटनापछि नेपाली प्रहरीसँग समन्वय भएपछि भारतीय सुरक्षाकर्मीहरू फर्किएका थिए।

    यद्यपि, भारतीय सुरक्षाकर्मीहरू गाडीसहित नेपाली भूमिमा किन प्रवेश गरे भन्ने विषयमा न स्थानीय प्रशासनसँग स्पष्ट जानकारी छ, न त स्थानीय सरकारसँग नै। यसबारे केन्द्र सरकारबाट पनि अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरिएको छैन।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ