• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रवि र बालेनसंगको भेटपछि कांग्रेस नेता शर्माले भने – संसद् पुनर्स्थापनाको विषयमा छलफल भयो

    317
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिल शर्माले संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको बताएका छन् ।

    आज रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लगायतसँग भएको भेटपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।

    नेता शर्माले भने- ‘संसद् सद पुनर्स्थापना गर्दा के हुन्छ/हुँदैन भन्ने विषयमा हाम्रो छलफल केन्द्रित भयो ।’

    उनले बालेनले अन्य दल र समूहसँग गरिरहेको छलफलको विषयमा भने अनभिज्ञता जनाए । ‘अरूसँग के भइरहेको छ, मलाई थाहा हुने कुरो भएन,’ शर्माले भने ।

    नेता शर्माले आफूलाई ५–१० वर्षपछिको कांग्रेस सभापतिको रूप प्रस्तुत गर्दै पार्टी भने नछाड्ने प्रतिक्रिया दिए । ‘हामी १० वर्ष पछि काङ्ग्रेसको सभापति हो । पार्टी छोड्ने कुरा हुँदैन ।’ उनले भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ