काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेका छन्।
बौद्धस्थित दीपज्योति बैंक्वेटमा बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले पदत्यागको प्रस्ताव पेस गरेका थिए। प्रवक्ता कृष्ण शर्माका अनुसार उक्त प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत अनुमोदन गरेको हो।
बैठकले पार्टी उपाध्यक्ष दुर्गा सोबको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरेको छ। महाधिवेशनसम्म सोब संयोजक, महासचिव सोनामसिंह स्याङ्तान सदस्य–सचिव र कृष्ण शर्मा प्रवक्ता हुने निर्णय गरिएको केन्द्रीय सदस्य टङ्क धमलाले जानकारी दिए।
नेसपाले आउँदो फागुन महिनासम्म विशेष महाधिवेशन गर्ने तयारी गरेको छ।
प्रतिक्रिया