• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

    175
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुनेछ ।

    यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुनेछ ।

    यसैगरी फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुनेछ ।

    जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम समेत एजेन्डामा समावेश गरिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ