• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    जेनजी प्रदर्शनपछि राष्ट्रपति भागे, माडागास्कर सेनाको नियन्त्रणमा

    196
    SHARES

    माडागास्कर। राष्ट्रपति एन्डी राजोएलिनाले आफूलाई पदबाट हटाउने उद्देश्यले जारी विरोध प्रदर्शन र कूको प्रयासबीच आफ्नो ज्यान बचाउन ‘सुरक्षित स्थान’ मा लुकेको बताएका छन्।

    ५१ वर्षीय राजोएलिनाले सोमबार राति फेसबुकमार्फत राष्ट्रलाई सम्बोधन गर्दै भने, “केही सैन्य अधिकारी र राजनीतिज्ञहरूको समूहले मेरो हत्या गर्ने योजना बनाएको थियो। म आफ्नो ज्यान बचाउन बाध्य भई सुरक्षित ठाउँ खोज्न गएको छु।” उनले आफ्नो वर्तमान स्थान भने खुलाएका छैनन्।

    हत्या प्रयास र भागेको हल्ला
    राजोएलिनामाथि हत्या प्रयास भएको दाबीसँगै अपुष्ट रिपोर्टहरूले उनलाई ‘फ्रान्सेली सैन्य विमान’ चढेर देशबाट भागेको बताइरहेका छन्। राजोएलिना गत बुधबारदेखि सार्वजनिक रूपमा देखिएका छैनन्।

    गत दुई सातादेखि ‘जेनजी माडा’ उपनाम दिइएका युवाहरूको नेतृत्वमा देशभर विरोध प्रदर्शन भइरहेका छन्। ती प्रदर्शनकारीहरूले राष्ट्रपति राजोएलिनाको राजीनामाको माग गरिरहेका छन्। उनले सरकार बर्खास्त गर्नेदेखि विभिन्न सहुलियत दिने प्रयास गरे पनि आन्दोलन रोकिएको छैन।

    सेनाभित्रै विद्रोह
    सप्ताहान्तमा राजोएलिनालाई सत्तामा ल्याउन सहयोग गरेको शक्तिशाली सैन्य इकाई क्याप्स्याट ले आफूलाई सम्पूर्ण सशस्त्र बलको कमाण्डमा रहेको घोषणा गर्दै राष्ट्रपतिलाई कमजोर बनायो। सो इकाईका केही सैनिक राजधानी अन्टानानारिभोमा प्रदर्शनकारीहरूसँगै सडकमा उत्रिएका थिए।

    सोमबार सैन्य कमाण्डरहरूको आपतकालीन बैठकपछि नयाँ सेना प्रमुख जनरल डेमोस्थेन पिकुलसले सार्वजनिक रूपमा भने, “सुरक्षा बलहरू राष्ट्रमा शान्ति कायम राख्न मिलेर काम गरिरहेका छन्।” राष्ट्रपति कार्यालयका अनुसार जनरल पिकुलस सोमबार साँझसम्म राज्य टिभी मुख्यालयमा रहेर संकट समाधानमा जुटिरहेका थिए।

    राजनीतिक अनिश्चितता र शक्ति संघर्ष
    देशको प्रमुख विपक्षी दल टीआईएम का एक वरिष्ठ नेताले बीबीसीसँग भने, “माडागास्कर अहिले व्यवहारिक रूपमा सेनाको नियन्त्रणमा पुगेको छ।” पार्टीले राजोएलिनाविरुद्ध महाभियोग दर्ता गर्ने तयारी गरेको पनि उनले बताए।

    यसबीच राजोएलिनाका निकटस्थ पूर्व प्रधानमन्त्री रिचर्ड राभालोमानाना र व्यवसायी मामिनीना राभाटोमाङ्गा लगायतका व्यक्तिहरू छिमेकी मौरिसस पुगेका छन्। राष्ट्रपति राजोएलिनाले भने आफ्नो सम्बोधनमा देशको संविधानको रक्षा नै समस्याको समाधान भएको दोहोर्याउँदै “संवैधानिक व्यवस्था कायम राख्नु सबैको कर्तव्य हो” भनेर अपिल गरेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ