• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    मधेश सरकारमा थप हलचल: शिक्षामन्त्री रानी शर्मा तिवारीले दिइन् राजीनामा

    216
    SHARES

    जनकपुरधाम – मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले सोमबार पदबाट राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै यो निर्णय गरेका हुन्।

    शर्मा लोसपाबाट मन्त्री बनेकी थिइन्। यसअघि मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने समय नजिकिँदै गर्दा मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन्। यसअघि सिंहकै दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता लिइसकेको थियो भने सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले समेत समर्थन फिर्ता लिसकेका थिए।

    जेन–जी आन्दोलन चर्किंदै गएपछि २४ भदौमा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए। तर पछि उनले राजीनामा नदिने बताएका थिए। त्यसयता उनलाई पद त्याग गर्न उनको आफ्नै दलले पनि पटक–पटक आग्रह गरेको थियो।

    अहिलेसम्मको स्थितिमा मुख्यमन्त्री सिंहलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को मात्र समर्थन कायम छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ