• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेस पदाधिकारी बैठक आज पनि

    218
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज (शनिबार) पनि बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले आगामी असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने तयारी गरेको छ ।

    पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार, बिहीबार र शुक्रबार बसेका बैठकमा तीन प्रमुख एजेन्डा उठाइएको थियो । बिहीबार पदाधिकारी र पूर्वपदाधिकारी मात्र सहभागी भएको बैठकमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई पनि सहभागी गराइएको थियो ।

    उनका अनुसार, बैठकमा धारणा राख्ने नेताहरूले पार्टीको आसन्न महाधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन, र भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जडबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउनुपर्ने सुझाव दिएका छन् ।वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिरमा सकिँदै छ । त्यसैले यही मङ्सिरमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव बैठकमा जोडका साथ उठेको सहमहामन्त्री उपाध्यायले बताइन् ।

    त्यस्तै, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन पनि केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा बन्नेछ । बैठकमा जेनजी आन्दोलनका कारणहरू र त्यसको राजनीतिक प्रभावबारे पनि छलफल हुने लगभग निश्चित भएको स्रोतले जनाएको छ ।

    धारणा राख्ने अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको म्याद थप्नु अनुचित हुने र मङ्सिरमै नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । कांग्रेसभित्र अहिले नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा पनि छलफल तीव्र भइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ