• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विपिनसहित ४ जनाको शव लिन रेडक्रस अधिकारीहरू दक्षिणी गाजा जाँदै

    371
    SHARES

    काठमाडौँ । हमासद्वारा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आजै हस्तान्तरण गरिने भएको छ। हमासको सशस्त्र शाखा कसम ब्रिगेडले आज चार जना बन्दीहरूको शव हस्तान्तरण गर्ने घोषणा गरेको छ। उक्त समूहले जारी गरेको विज्ञप्तिमा गाइ इलोज, योसी शाराबी, डेनियल पेरेज र नेपाली विद्यार्थी विपिन जोशीको शव हस्तान्तरण गर्ने जनाइएको छ।

    हमासको घोषणापछि इजरायली सेनाले पनि ती शव अन्तर्राष्ट्रिय रेडक्रसमार्फत बुझिने जनाएको छ। इजरायली सेनाले जारी गरेको विज्ञप्तिअनुसार, रेडक्रसका अधिकारीहरू अहिले दक्षिणी गाजातर्फ जाँदैछन्, जहाँ बन्दीहरूको शव राखिएका बाकसहरू औपचारिक रूपमा हस्तान्तरण गरिनेछ।

    कसम ब्रिगेडले विज्ञप्तिमा शवहरू आजै दिनको अन्त्य हुनुअघि हस्तान्तरण गरिने स्पष्ट पारेको छ। यसअघि हमासले गाजामा रहेका सबै २० जना जीवित बन्दीहरूलाई रिहा गरिसकेको भए पनि उसले अझै पनि केही मृत इजरायली बन्दीहरूको शव नियन्त्रणमा राखिरहेको जनाएको छ।

    विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अन्य नौ जना नेपाली विद्यार्थीहरूसँगै इस्रायलको किबुत्ज आलुमिम क्षेत्रमा परेका थिए। त्यही घटनामा अन्य नौ नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि तत्कालै भएको भए पनि विपिन लामो समयदेखि बेपत्ता सूचीमा रहेका थिए।

    हमासको पछिल्लो विज्ञप्तिपछि विपिन जोशीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि भएको हो। अहिले उनको शव हस्तान्तरण प्रक्रियामा रहेको र त्यसपछि नेपाल ल्याउने तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ