• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    कांग्रेस केन्द्रीय समितिको बैठक असोज २८ मा सारियो

    334
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक दुई दिन पर सारिएको छ । असोज २६ गतेका लागि बोलाइएको बैठक अब असोज २८ गते बस्ने भएको हो ।

    केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठक सारिएको हो । उनका अनुसार कार्यसम्पादन समितिमा सदस्यहरूको बोल्ने क्रम सकिए पनि केन्द्रीय समितिमा पेश गर्ने एजेन्डाबारे निर्णय गर्न आइतबार पनि बैठक बस्नेछ ।

    बुधबारदेखि सुरू भएको शीर्ष नेताहरूको बैठकमा हिजोदेखि कार्यसम्पादन समितिका सदस्यहरू पनि सहभागी गराइएका थिए । हिजो र आज गरी सबै सदस्यहरूको धारणा सुन्ने क्रम सकिएको घिमिरेले जानकारी दिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ