• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    नेपालको ‘ए’ क्रिकेट टोलीले जित्यो आसामविरूद्ध टी-२० सिरिज

    445
    SHARES

    काठमाडौँ । नेपालको ‘ए’ क्रिकेट टोलीले भारतको आसाम स्टेट क्रिकेट टोलीविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ। सोमबार भएको पाँचौ तथा निर्णायक खेलमा आसामलाई ४४ रनले पराजित गर्दै नेपालले सिरिज ३-२ ले जितेको हो।

    यसअघिका चार खेलमा दुवै टोलीले दुई दुई खेललमा जित निकालेको थियो। शुक्रबार नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले ९ विकेटको क्षतिमा १६४ रन बनाउन सक्यो।

    उसका लागि कप्तान सुमित घाडिगोन्कर र साहिल जैनले २५-२५ रन बनाए। बलिङमा नेपालमा शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २-२ विकेट लिए। बसिर अहमद र आदिल अन्सारीले १-१ विकेट लिए।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २०८ रन बनाएको हो। नेपालका लागि सन्दीप जोराले ३९ बलमा २ चौका र ५ छक्काको मद्दतमा ६४ रन बनाए।

    ओपनरद्वय इशान पाण्डेले २० बलमा ३२ रन र अनिल साहले १० बलमा ११ रन जोडे। शुभ कंसाकारले २६ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४१ रनको योगदान गरे। बसिर अहमद १० रनमा रिटायर्ट हर्ट हुँदा

    आदिल अन्सारीले १० बलमा ३ छक्का प्रहार गर्दै नटआउट २५ रन जोडे। बलिङमा आसामका आयुष्मान मालाकार र अभिनव चौधरीले २-२ विकेट लिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ