• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति, माइतीघरमा सुरक्षा कडा

    65
    SHARES

    काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ ।

    आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा साे समूह आइपुगेको र आफूहरूले अनुमति नदिने बताएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए ।

    सीडीओ पौडेलले सोमबार जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि आफूहरूले अनुमति नदिने बताएको जानकारी दिए ।

    ढुङ्गाना समूहले आइतबार आन्दोलन घोषणा गरेर सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो । ढुङ्गानाले गरी खान देऊ अभियान चलाउँछन् । जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको थियो ।

    यसैबीच ढुंगाना समूहले प्रदर्शन गर्ने घोषणा गरेपछि माइतीघरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    सो समूहले आजदेखि देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ । सो समूहले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ