• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, नियमित महाधिवेशनमा जोड

    498
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरु हुने कार्यक्रम रहेको छ।

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो। पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै बिदा लिएका थिए।

    असोज २९ गते बुधबार बैठक बसेको थिएन भने दोस्रो बैठक असोज ३० गते बिहीबार बसेको थियो। सो बैठकमा सात जना नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।

    दोस्रो बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको नियमित महाधिवेशन चाँडै गर्नुपर्नेमा जोड दिएका थिए। आजको बैठकमा पनि यही विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ