• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुदूरपश्चिमका स्वास्थ्यकर्मीले सामाजिक विकास मन्त्रालय घेराउ गरे

    295
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्ना न्यूनतम पेसागत अधिकार सुनिश्चित गर्न माग गर्दै सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन्। शुक्रबार बिहान आन्दोलनरत स्वास्थ्यकर्मीहरूले धनगढीस्थित मन्त्रालय पुगेर घेराउ गर्दै आफ्ना मागहरू राखेका हुन्।

    उनीहरूले मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र समेत बुझाएका छन्। नेपाल नर्सिङ संघको पहलमा बुझाइएको उक्त ज्ञापनपत्रमा २३ र २४ असोजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको आधिकारिक पत्रको आधारमा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूका न्यूनतम पारिश्रमिक, सेवा सुविधा, पेशागत सम्मान र सुरक्षाको सुनिश्चितता माग गरिएको छ।

    आन्दोलनरत स्वास्थ्यकर्मीका तर्फबाट स्टाफ नर्स आस्मा नेगीले ज्ञापनपत्र बुझाउँदै भनिन्, “हाम्रो उद्देश्य सेवा अवरुद्ध गर्नु होइन, पेशाको सम्मान कायम राख्दै न्यूनतम अधिकार सुनिश्चित गर्नु हो।”

    स्वास्थ्यकर्मीहरूको प्रमुख माग

    निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि नेपाल सरकार सरह न्यूनतम पारिश्रमिक र सेवा सुविधा सुनिश्चित गर्नुपर्छ।

    तोकिएको समयभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता उपलब्ध गरिनुपर्छ।

    नियुक्ति प्रक्रियामा करार सम्झौता अनिवार्य गर्नुपर्छ।

    पेशागत सम्मान, सुरक्षा र कार्यस्थलमा समान व्यवहार सुनिश्चित गर्नुपर्छ।

    स्वास्थ्य सेवा प्रणालीको गुणस्तर सुधारका लागि मन्त्रालयले प्रभावकारी नीतिगत पहल गर्नुपर्छ।

    स्वास्थ्यकर्मीहरूले आन्दोलन कुनै राजनीतिक स्वार्थ वा व्यक्तिगत लाभका लागि नभई पेशागत मर्यादा र सेवा प्रणालीको सुधारका लागि गरिएको बताएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ