• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अर्थ-विजनेस विजनेस

    एकैदिन तोलामा ७ हजार १ सयले बढ्यो सुनको मूल्य, इतिहासकै उच्च स्तरमा बजार

    192
    SHARES

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार एकैदिन सुनको भाउ प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्दै २ लाख ५८ हजार रुपैयाँ पुगेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो। यसरी मूल्यमा एकैदिन आएको ठूलो वृद्धि पछिल्ला महिनामा सुनको मूल्यमा देखिएको तीव्र उकालोको निरन्तरता हो।

    पछिल्लो एक महिनामा मात्र सुनको भाउ ४३ हजार रुपैयाँले बढेको छ। भदौ ३० गते सुनको मूल्य प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको सीधा असर नेपाली बजारमा परेको हो। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ। एक औंस बराबर २.४३ तोला पर्छ।

    यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धिको क्रम जारी छ। शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले बढ्दै ३ हजार ३५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

    विश्लेषकहरूका अनुसार विश्व बजारमा बढ्दो आर्थिक अनिश्चितता, मध्यपूर्वमा बढिरहेको तनाव र डलरको मूल्यमा आएको उतारचढावका कारण सुन र चाँदी दुबैको मूल्य निरन्तर बढ्दो क्रममा छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ