• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रधानमन्त्री कार्की आज कूटनीतिक नियोग प्रमुखहरूसँग छलफल गर्दै

    231
    SHARES

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग महत्वपूर्ण छलफल गर्ने भएकी छिन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफल दिउँसो साढे २ बजे सिंहदरबारमा हुने तय भएको छ।

    उक्त बैठकमा नेपालस्थित २६ वटा कूटनीतिक निकायका प्रमुख र विदेशी राजदूतहरूलाई उपस्थित हुन आह्वान गरिएको छ। सरकारका अनुसार छलफलमा नेपालको समसामयिक राजनीतिक अवस्था, आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी, र हालको राजनीतिक संक्रमण व्यवस्थापन सम्बन्धी विषयमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नेछिन्।

    बैठकबाट नेपाल–विदेश सम्बन्ध सुदृढीकरण तथा निर्वाचनपूर्व कूटनीतिक सहकार्यबारे साझा समझदारी बन्ने अपेक्षा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ