• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अर्थ-विजनेस विजनेस

    साढे दुई लाख नाघ्यो सुनको मूल्य, नयाँ रेकर्ड कायम

    526
    SHARES

    काठमाडौं । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो।

    अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार रुपैयाँले महँगिएको हो। बुधबार सुन २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

    महासंघले दिएको जानकारी अनुसार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३२७५ रुपैयाँमा पुगेको छ, अर्थात् तोलामा ३५ रुपैयाँ वृद्धि भएको हो।

    यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य उच्च बन्दै गएपछि नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरू बताउँछन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ