काठमाडौं । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा पुगेको छ। यसअघि बिहीबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर थियो। शुक्रबार भने सुन २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबारको तुलनामा प्रतितोला ४० रुपैयाँले वृद्धि भएको यो मूल्य चाँदीको हालसम्मकै नयाँ रेकर्ड हो।
प्रतिक्रिया