• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    भण्डारीको सदस्यता नवीकरण विवादमा ओलीको कटाक्ष : ‘माइती बनेर आउन पर्दैन’

    294
    SHARES

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयमा उठेका आवाजप्रति तीखो प्रतिक्रिया जनाएका छन्। बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकको समापन मन्तव्य दिँदै ओलीले आफू भण्डारीको अप्ठेरो समयका साथी भएको भन्दै अनावश्यक हल्ला नगरिन चेतावनी दिए।

    ‘कोही यहाँ विद्या भण्डारीको माइती बनेर आउनुपर्दैन,’ ओलीले भने, ‘जब उहाँ असजिलो अवस्थामा हुनुहुन्थ्यो, मैले सहयोग गरेको हुँ। म उहाँको अप्ठेरो बेलाको साथी हुँ।’ उनले भण्डारीले पार्टीप्रति योगदान पुर्‍याएको स्मरण गर्दै अहिले बरु भण्डारीले पार्टीलाई सघाउनुपर्ने बताए। ‘कसैले ठूला कुरा नगरौं, म सजिलो बेलाको होइन, असजिलो बेलाको साथी हुँ,’ ओलीले थपे, ‘बरु उहाँले आएर सघाउनुपर्ने हो।’

    एमालेको बैठकमा पछिल्ला दिनहरूमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा उठेका टिप्पणीहरूलाई लक्षित गर्दै ओलीको उक्त भनाइ आएको हो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ