• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    सूचना पाटी

    अनधिकृत संरचना हटाउन दोस्रो पटक सूचना जारी

    299
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरपालिका र डिभिजन सडक कार्यालय, काठमाडौँले जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक सीमाभित्र रहेका अनधिकृत संरचना हटाउन दोस्रो पटक सार्वजनिक सूचना जारी गरेका छन्।

    भौतिक योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सो क्षेत्रको अरनिको राजमार्ग दायाँबायाँ १५/१५ मिटर गरी सडक सीमा निर्धारण गरिएको छ। सोहीअनुसार नेपाल सरकार र स्थानीय सरकारका निकायहरूको संयुक्त पहलमा २०८२ साल वैशाख १० गते सडक सीमाङ्कन गरी चिनो लगाइएको तथा किला गाडिएको थियो।

    तर सार्वजनिक सडक ऐन २०३१ को दफा १९ विपरीत केही व्यक्तिहरूले नक्सा पास विना वा पास विपरीत सडक सीमाभित्र संरचना निर्माण गरेको अनधिकृत संरचना नहटाएपछि दोस्रो सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ।

    सूचनामा २०८२ असार मसान्तसम्म आफ्ना अनधिकृत संरचना सम्बन्धित व्यक्तिले स्वयं हटाउनुपर्ने भनिएको छ। यदि तोकिएको समयभित्र संरचना नहटाइएमा सार्वजनिक सडक ऐन २०३१, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा विद्यमान भवन निर्माण मापदण्ड र कार्यविधिअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ