• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय कभर स्टोरी कला-साहित्य खेलकुद ज्योतिष बिज्ञान पर्यटन पालिका प्रवास फोटो-फिचर भिडियो राजनीति विशेष समाचार सूचना पाटी

    एमाले कास्कीको अधिवेशनमा पृथ्वीसुब्बा र खगराज समूहको छुट्टाछुट्टै भेला

          
    539
    SHARES

    काठमाडौँ। नेकपा एमाले कास्कीको नयाँ नेतृत्व चयन गर्न उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहको छुट्टाछुट्टै भेला भएको छ ।

    नयाँ नेतृत्वका लागि आ–आफ्ना प्यानल निर्वाचित गराउन प्रतिनिधिहरूको भेला राखेको दुबै समूहले बताएका छन् ।

    पोखराको साइमन पार्टी प्यालेसमा बिहान ११ बजे स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहको भेला सकिएको छ । भेलामा सहभागी प्रतिनिधिलाई आफ्ना प्यानलमा मतदान गर्न आह्वान गरेको सहभागीहरूले बताएका छन्।

    सोही पार्टी प्यालेसमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ समूहको पनि भेला भएको छ । भेलामा अधिकारी र गुरूङ भने उपस्थित छैनन् ।

    अधिवेशनमा पृथ्वीसुब्बा समूहले अध्यक्षमा माधव बाँस्तोला, उपाध्यक्षमा शिवप्रसाद आचार्य, सचिवमा सुरेन्द्र गुरूङ र उपसचिवमा गीता विक र राधिका योगी शाही उम्मेदवार उठाएका छन् ।

    खगराज समूहबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री, उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा र उपसचिवमा लालबहादुर विक र सन्तु सुवेदी उम्मेदवार छन् ।

    अध्यक्षमा एमालेका युवा प्रतिनिधि विवेक त्रिपाठी र उपसचिवमा संगीता सुवेदीले उम्मेदवारी दिएका छन् । उनीहरूलाई दुबै समूहको समर्थन भने छैन । दुबै पक्षका उम्मेदवारले आफ्नो समूहलाई विजयी गराउन व्यापक प्रचारप्रसार गरिरहेका छन् । सामाजिक सञ्जालदेखि छातीमा नेमप्लेट टाँसेर उनीहरू मत माग्दैछन् ।

    एमाले कास्कीको अधिवेशनमार्फत् १ सय २२ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । अधिवेशनमा सहभागी हुन जिल्लाभरबाट ९ सय ३५ जना प्रतिनिधी सहभागी छन् । शनिबार सुरू भएको अधिवेशन आइतबार नयाँ नेतृत्व चयन गरेर समापन गर्ने कार्यतालिका रहे पनि नेतृत्व चयनमा ढिलाइ भइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ