• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौँमा रातिदेखि निरन्तर वर्षा, ‘मोन्था’ चक्रवातको प्रभाव शनिबारसम्म रहने

    184
    SHARES

    काठमाडौँ। पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असरले काठमाडौँ उपत्यकामा रातिदेखि वर्षा भइरहेको छ। मौसमविद्हरूका अनुसार, यो प्रणाली आज दिउसो कमजोर हुने भए पनि बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव शनिबारसम्म नेपालमा रहने देखिएको छ।

    फलस्वरूप काठमाडौँको मौसम शनिबारसम्म प्रभावित रहने अनुमान गरिएको छ। विहानैदेखि निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ।

    बुधबार बिहानैदेखि मकवानपुरसहित बागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। विशेषगरी हेटौँडामा लगातार पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, ‘मोन्था’ चक्रवात भारतको पश्चिम बङ्गाल हुँदै नेपालतर्फ सर्दैछ।

    यसले विशेषगरी बागमती, कोशी, मधेस र गण्डकी प्रदेशमा वर्षा र चट्याङसहितको मौसमी गतिविधि तीव्र बनाएको छ। पूर्वानुमान शाखाले आगामी २४ घण्टासम्म बागमती प्रदेशका मध्य र पूर्वी पहाडी क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको र कतिपय ठाउँमा पहिरोको जोखिम बढेको बताएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ