• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एक घण्टा ढिलो गरी सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक

    365
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार दिउँसो दुई बजेबाट सुरु भएको छ। बैठक दिउँसो एक बजेका लागि बोलाइएको भए पनि करिब एक घण्टा ढिलो गरी सुरु गरिएको हो।

    गत असोज २८ गतेदेखि सुरु भएको बैठक कात्तिक १ गतेदेखि बिहीबारसम्मका लागि स्थगित गरिएको थियो। अब पुनः सुरु भएको बैठकले कांग्रेसको १५औँ महाधिवेशन, सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन, प्रतिनिधिसभा विघटन र जेन–जी आन्दोलन जस्ता विषयमा संस्थागत निर्णय गर्ने तयारी गरेको नेताहरूले बताएका छन्।

    केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बैठक केहीबेरअघि नै सुरु भएको हो। कांग्रेसभित्र अहिले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विषयमा विवाद चर्किएको छ।

    संस्थापन पक्षले नियमित महाधिवेशन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने धारणा राखेको छ भने इतर समूहले भने मंसिर महिनामै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ