• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बालेन र सुदनविरुद्ध किटानी जाहेरी : अखिलका नेताहरू प्रहरी परिसर जाँदै

    614
    SHARES

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने प्रयासपछि राजनीतिक वृतमा नयाँ मोड आएको छ। ओलीविरुद्ध जाहेरी दर्ता गर्न खोज्ने पक्ष ‘हामी नेपाल’ समूहका संयोजक सुदन गुरुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध अब अनेरास्ववियु (अखिल) ले काउन्टर जाहेरी दिन तयारी गरेको छ।

    अनेरास्ववियुका केन्द्रीय नेताहरूको आकस्मिक बैठकले मंगलबार दिउँसो काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गर्न जाने निर्णय गरेको स्रोतले जनाएको छ। उनीहरू अहिले नै टोली बनाएर परिसर पुग्ने तयारीमा छन्। बैठकमा मेयर बालेन र सुदन गुरुङलाई सिंहदरबारलगायत सरकारी संरचना र निजी सम्पत्तिमा आगजनी, तोडफोड, तथा प्रहरीमाथि आक्रमण गराउने मुख्य योजनाकारको रूपमा आरोप लगाइएको छ।

    अखिलका महासचिव दीपक धामीले नेपाल प्रेससँग कुरा गर्दै भने, “हामी ५ बजेभित्र औपचारिक किटानी जाहेरी दर्ता गर्ने तयारीमा छौं। विधिको शासनमा विश्वास गर्ने हरेक नागरिकले अराजकता फैलाउनेलाई उन्मुक्ति दिनु हुँदैन।”

    यसअघि, सोमबार ‘हामी नेपाल’ समूहका संयोजक सुदन गुरुङ र उनका प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्ने प्रयास गरेका थिए, तर प्रहरीले राजनीतिक संवेदनशीलता देखाउँदै जाहेरी दर्ता गर्न मानेको थिएन।

    त्यस घटनापछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राति नै बालुवाटारमा आकस्मिक बैठक बोलाएर गृहमन्त्री ओमप्रकाश अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन्।

    छलफलमा प्रहरी प्रमुखले जाहेरी दर्ता गर्न प्रधानमन्त्रीबाटै लिखित आदेश आवश्यक पर्ने सुझाव दिएका थिए। तर अहिले विपक्षी विद्यार्थी संगठनले प्रतिवाद स्वरूप बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गर्न थालेपछि परिस्थिति थप जटिल बनेको छ।

    ‘जेनजी आन्दोलन’को गोलीकाण्ड राजनीतिक आरोप–प्रत्यारोप र प्रतिजाहेरीको जालोमा फँस्दै गएको छ। एक पक्षले ओली र लेखकमाथि नागरिक हत्या गरेको आरोप लगाइरहेका छन् भने अर्काे पक्षले बालेन र सुदनलाई अराजकता फैलाउने जिम्मेवार ठहर गर्दै कानुनी कारबाहीको माग अघि सारेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ