• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी कर्णाली कोशी गण्डकी प्रदेश बागमती मधेश मुख्य समाचार रोचक-विचित्र लुम्बिनी सुदुरपश्चिम सूचना पाटी

    ८१ वर्षकी वृद्धाको पेटमा ५६ वर्षको गर्भ !

    606
    SHARES

    काठमाडौं । कुनै बच्चाको जन्म तब हुन्छ जब आमाले गर्भधारण गर्छिन् र भ्रूणलाई ९ महिनासम्म आफ्नो गर्भमा राख्दछिन् ।

    महिलाको गर्भाशयमा भ्रूण विकसित हुन्छ र अवधि पुगेपछि जन्म लिन्छ । मानव शरीरको रचना पनि यसरी नै भएको हुन्छ । तर, हालै एउटा आश्चर्यचकित पार्ने घटना सार्वजनिक भएको छ, जसमा ब्राजिलकी एकजना महिला ५६ वर्षसम्म गर्भवती भएकी छिन् ।

    यतिमात्र होइन उनलाई वर्षौँसम्म आफू गर्भवती रहेको कुरा पत्तो आफैलाई पत्तो भएन । जब पेटमा निकै दुखाई महसुस हुन थाल्यो, तबमात्रै उनलाई त्यसबारेमा थाहा भयो ।

    समाचार अनुसार ८१ वर्षकी डेनिएला भेरा नामकी महिला निकै अनौठो स्थितिबाट पीडित थिइन् । अचानक पेटमा दुखाई बढेपछि उनी जाँच गराउनका लागि अस्पताल गइन् । उनको परीक्षण गर्ने क्रममा डाक्टरहरुले पेटमा क्याल्सिफाइड भ्रूण रहेको पत्ता लगाएका हुन् ।

    सात सन्तानकी आमा डेनिएलालाई यसबारेमा पहिलेदेखि कुनै जानकारी थिएन । अन्ततः गत मार्च १४ मा डाक्टरहरुले सर्जरी गरेर उक्त भ्रूणलाई हटाउन सफल पनि भएका छन् । तर दु:खको कुरा, उक्त शल्यक्रिया पछि डेनिएला धेरै समय जीवित रहिनन् । अर्को दिन नै उनको मृत्यु भयो ।

    डेनिएलाको उपचार गर्ने डाक्टर प्याट्रिक डेजिरेमका अनुसार शल्यक्रियापछि संक्रमणका कारण उनको मृत्यु भएको छ । उनका अनुसार कतिपय यस्ता घटनाहरु हुन्छन् जहाँ पाठेघरको साटो सरीरका अन्य भागमा गर्भाधारण हुन्छ, जसलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ ।

    यो गर्भावस्थाको एउटा प्रकार हो जहाँ सामान्य ठाउँभन्दा बाहिर गर्भाधारण भई भ्रूण बन्दछ, तर त्यो भ्रूण त्यहाँ जीवित भने रहन सक्दैन । डेनिएलाको हकमा पनि त्यस्तै भयो । भ्रूणको विकास ठीक ढंगले नभएका कारणे गर्दा भ्रूण क्याल्सिफाइड हुन्छ । यस्तोमा शरीरमा न त बढी दुखाई हुन्छ न त रक्तश्राव नै हुन्छ । एक्सरे नगरुन्जेल त्यसका बारेमा पत्तो नै हुँदैन । एजेन्सीको सहयोगमा

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ