• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    विपिनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, इजरायली राजदूतसहितको उपस्थिति

    205
    SHARES

    धनगढी । हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको अहिले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि भइरहेको छ। भीमदत्त नगरपालिकास्थित उनको घरबाट बिहान ८ बजे सुरु भएको शवयात्रा महाकाली नदी किनारको भुजेला घाट पुगेको छ, जहाँ अन्तिम संस्कार भइरहेको हो।

    जोशीको पार्थिव शरीरलाई नेपाली सेनाको टुकडीले राष्ट्रिय झण्डा ओढाई सम्मान प्रदान गरेको छ। अन्त्येष्टि स्थलमा नेपालका लागि इजरायली राजदूतसहितको टोली, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, आफन्तजन र सर्वसाधारणको उल्लेख्य भीड लागेको छ।

    जोशीको बलिदानले नेपालको नाम अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको भन्दै उपस्थितहरूले उनको आत्माको चिरशान्तिको कामना गरेका छन्। महाकाली नदी किनारमा अहिले अन्त्येष्टि प्रक्रिया जारी छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ