• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिन्धुलीमा श्रीमतीको ढुंगाप्रहारबाट श्रीमानको मृत्यु

    158
    SHARES

    सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६, पानीटंकीमा श्रीमतीले ढुंगाप्रहार गरी श्रीमानको हत्या गरेकी छिन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार ५५ वर्षीय बुद्धसिं वाइबालाई घरायसी विवादका क्रममा उनकी श्रीमती ४८ वर्षीया राधिका वाइबाले कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरेकी थिइन्।

    गम्भीर घाइते भएका बुद्धसिंलाई सुरुवाती उपचारका लागि सिन्धुली अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंस्थित बाँसबारी न्युरो अस्पताल लगिएको थियो। तर चिकित्सकले थप उपचार सम्भव नभएको भन्दै घर फर्काइएपछि, उनी सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा बसिरहेका बेला मंगलबार बिहान उनको मृत्यु भएको हो।

    घटनापछि प्रहरीको टोलीले ढुंगा प्रहार गर्ने राधिका वाइबालाई नियन्त्रणमा लिएको र उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ