• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, शृंखलाको अन्तिम खेलमा जितको लक्ष्य

    158
    SHARES

    काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय (ओडिआई) शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। दुबईस्थित आईसीसी एकेडेमी मैदानमा जारी खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

    नेपालले आजको खेलका लागि टोलीमा एक परिवर्तन गरेको छ — गुलशन झा बाहिरिएका छन् र उनको स्थानमा कुशल मल्लले पुनः अवसर पाएका छन्। नेपालले यसअघि शृंखलाका तीनै खेलमा पराजय बेहोरेको छ। पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले, दोस्रो खेलमा यूएईसँग ५ विकेटले र तेस्रो खेलमा फेरि अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।

    लगातार हारपछि नेपाल आजको खेल जित्दै शृंखला सम्मानपूर्वक समाप्त गर्ने लक्ष्यमा छ। लिग–२ को अंकतालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा छ। नेपालले १९ खेलबाट १२ अंकसहित सातौं स्थान ओगटेको छ भने यूएई ८ अंकसहित पुछारमा रहेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ