• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय कभर स्टोरी कर्णाली कला-साहित्य कोशी खेलकुद गण्डकी जीवनशैली ज्योतिष बिज्ञान पर्यटन पालिका प्रदेश प्रवास फोटो-फिचर बागमती भिडियो मधेश मनोरञ्जन मुख्य समाचार राजनीति रोचक-विचित्र लुम्बिनी विचार-ब्लग विजनेस विशेष समाचार सुदुरपश्चिम सूचना पाटी स्वास्थ्य-शिक्षा

    लगातार ४ दिन घटेको नेप्से १० अंकले बढ्यो, कतिको भयो कारोबार ?

    634
    SHARES

    काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १०.१४ अंकको बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा ०.४९ प्रतिशतले बढेर बन्द भएको हो ।

    यससँगै, आज नेप्से परिसूचक २०४१ अंकमा पुगेको छ । यसक्रममा आज १६८ कम्पनीको मूल्य बढेको छ भने ६८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर छ । परिसूचक बढेको दिन धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ ।

    यसबाहेक, दोल्ती पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत, सर्वोत्तम सिमेन्टको ९.९९ प्रतिशत र विन नेपाल लघुवित्तको मूल्य ९.४३ प्रतिशतले बढेको छ । आज शिवम् सिमेन्टको कारोबार सबैभन्दा धेरै भएको छ । यो कम्पनीको ९ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    नेप्से परिसूचक बढेपनि तीन समूहको सूचक भने घटेको छ । वित्त समूह, जीवन बीमा र व्यापार समूहमा गिरावट आएको छ । यसबाहेकका सबैजसो समूहमा सुधार आएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूहको १४५ अंक, जलविद्युत समूहको ३९ अंक र होटल तथा पर्यटन समूहको सूचक २४ अंकले बढेको छ ।

    आज चार दिनपछि पहिलोपटक परिसूचक बढेको हो । गत साताको मंगलबार ६ अंकले घटेको थियो । बुधबार ३.३४ अंक र बिहीबार १५ अंकले परिसूचक घटेको थियो । यस्तै, यो साताको सोमबार समेत नेप्से परिसूचकमा १७ अंकको गिरावट आएको थियो ।

    आज समेत सुरुवातमा परिसूचक बढेपनि साढे ११ बजेदेखि घट्न सुरु गरेको थियो । १२ बजेसम्मको अवधिमा परिसूचक २०३२ अंकमा आइसकेको थियो । फेरि बढ्न थालेर परिसूचक २०४८ अंकसम्म पुगेर पुनः फर्किँदै २०४१ अंकमा आएर रोकिएको हो । यसक्रममा आज २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ