• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    उत्तरी नाइजेरियामा गोलीबारी, २१ जनाको मृत्यु

    199
    SHARES

    बुजा (नाइजेरिया), १९ कात्तिक । उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतङ्कवादी समूहबीच भएको गोलीबारीमा १९ जना आतङ्कवादी र २ जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले जनाएको छ।

    सेनाले कानो राज्यमा भएको अपरेसनको पुष्टि गर्दै जारी गरेको विज्ञप्तिमा २ जना सैनिक र १ जना स्थानीय गार्डको मृत्यु भएको पनि उल्लेख गरिएको छ। अपरेसनको क्रममा धेरै सैनिक र संयुक्त फोर्सका सदस्यहरू सामान्य चोटग्रस्त भए र उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

    विज्ञप्तिमा भनिएको छ कि यो अपरेसन उत्तरपश्चिमी नाइजेरियामा बढ्दो असुरक्षा कम गर्ने अभियानको हिस्सा हो। उल्लेखनीय छ कि नाइजेरियाका उत्तरपूर्वी राज्यहरूमा सन् २००९ देखि विद्रोह सुरु भएका सशस्त्र समूहहरूले पटक–पटक आक्रमण गर्दा करिब ४० हजार मानिसको मृत्यु भएको छ भने करिब २० लाख नागरिक विस्थापित भएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ