• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    English अन्तराष्ट्रिय अर्थ-विजनेस कभर स्टोरी कर्णाली कला-साहित्य कोशी खेलकुद गण्डकी जीवनशैली पर्यटन पालिका प्रदेश प्रवास फोटो-फिचर बागमती भिडियो मधेश मनोरञ्जन मुख्य समाचार राजनीति लुम्बिनी विचार-ब्लग विजनेस विशेष समाचार सुदुरपश्चिम सूचना पाटी स्वास्थ्य-शिक्षा

    सुनकोशी नदीमा वेपत्ता ३ बालबालिका अझै भेटिएनन्

    663
    SHARES

    काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका अहिलेसम्म फेला परेका छैनन् ।

    आइतबार वेपत्ता भएका बालबालिका मंगलबार मध्यान्हसम्म नभेटिएको प्रहरीले जनाएको छ । आइतबार साँझदेखि सोमबार र मंगलबार मध्यान्हसम्म सशस्त्र प्रहरी बलको गोताखोरेले खोजी गर्दा समेत नभेटिएको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थााले जानकारी दिए ।

    वेपत्ता ३ बालबालिकाको खोजी गर्न कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको थियो । गोतखोरको टोलीले समेत बालबालिकाको अवस्था पत्ता लगाउन सकेको छैन । अहिले भने घटनास्थलभन्दा तल सम्भावित ठाउँहरुमा सुरक्षा टोली पठाएर खोजी सुरु भएको छ ।

    बेपत्ता हुनेमा बालबालिकाहरुमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेका छन् । उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका थिए । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ