• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना

    753
    SHARES

    काठमाडाैँ । आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली सक्रिय रहि न्यून चापीय क्षेत्र नेपाल नजिक रहेको अवस्थामा आज केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले  बताएकाे हाे ।

    अहिले पश्चिम तराईका जिल्लामा पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा कोशी प्रदेशको सोलुखुम्बु, ओखलढुङ्गासहित बागमती प्रदेश र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई क्षेत्रमा बढी वर्षा भएको छ । रोल्पा, दाङ, बाँके लगायतका जिल्लामा अत्याधिक वर्षा भएको छ । पानी धेरै परेसँगै पश्चिम राप्ती, राप्ती र बबई नदीमा बाढीको चेतावनी जारी गरेकाे छ ।

    आज राती पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षा र कोशी, बागमती र गण्डकी प्रदेशका १ –दुई ठाउँमा अत्याधिक मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    केही दिनदेयता  निरन्तर पानी परिरहेको र आज पनि धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी, डुवान तथा पहिरो लगायतका घटनाप्रति सचेत हुन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ