• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रास्वपाको आयोजनामा बृहत् राजनीतिक संवाद सुरु

    409
    SHARES

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आयोजनामा ‘जेन–जी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ विषयमा बृहत् राजनीतिक संवाद सुरु भएको छ। रास्वपाका उपसभापति तथा उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेको नेतृत्वमा काठमाडौँस्थित एक रिसोर्टमा शुक्रबार बिहान उक्त संवाद सुरु भएको हो।

    पार्टीका अनुसार कार्यक्रममा परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरू सहभागी भएका छन्। कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै डा. वाग्लेले संवादको उद्देश्य, राजनीतिक सम्भावना र नयाँ पुस्ताको भूमिकाबारे प्रस्ट पारेका छन्।

    संवादमा अहिले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ राजनीतिक अभ्यास र नेपालको वर्तमान राजनीतिक संक्रमणपछि आवश्यक हुने संरचनागत परिवर्तनका विषयमा आफ्ना धारणा राखिरहेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ