
 
 काठमाडौं । सुर्खेतमा एक महिलाको हत्या भएको छ । हत्या अभियोगमा उनकै छोरा पक्राउ परेका छन् । भेरीगंगा नगरपालिका–१२ मसिनाटोल बस्ने ५० वर्षीया धनिकला बस्नेतको हत्या अभियोगमा उनका ३० वर्षीया छोरा कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कबिरामले फरूवा प्रहार गर्दा धनिकला गम्भीर घाइते भएको र कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका छोरा कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।
हत्याको कारण खुलेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया